१ कार्तिक २०८३, आइतबार

किशोरीहरूका लागि परीक्षा केन्द्रमै स्यानिटरी प्याड वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sanitary-Pad-Introपर्वत, ३ चैत । एसएलसी परीक्षा केन्द्रलाई छात्रमैत्री बनाउन जिल्लाका सबै केन्द्रमा स्यानिटरी प्याड वितरण गरिने भएको छ । यो वर्षको एसएलसी परीक्षा पाँच चैतदेखि हुँदैछ ।

शिक्षाका लागि राष्ट्रिय अभियानले जिल्लाका १९ वटै परीक्षा केन्द्रका लागि स्यानिटरी प्याड र हात धुने साबुन उपलब्ध गराएको नयाँ पत्रिका दैनिकले छापेको छ ।

सञ्जालका तर्फबाट संयोजक राजेन्द्र पहाडीले ती सामग्री जिल्ला शिक्षा अधिकारी श्रीप्रसाद गुरुङलाई हस्तान्तरण गरेको छ ।

यस विषयमा सरोकारवाला निकायलाई ध्यानाकर्षण गराइसकिएको र आफ्ना तर्फबाट पनि केही सकारात्मक थालनी गरौं भन्ने सोचेर सामग्री उपलब्ध गराएको पहाडीले जानकारी दिए।

प्राप्त सामग्री मंगलबार सम्ममा सबै परीक्षा केन्दमा पुर्‍याइने जिशिअ गुरुङले प्रतिबद्धता जनाएका छन् ।