
काठमाडौं, २५ साउन । ‘इनफ इज इनफ’का अभियन्ताले २३औं दिनमा आमरण अनसन तोडेका छन् ।
पछिल्लो समय सरकारले आरडीटी परीक्षण रोकेको, पीसीआर परीक्षणलाई बढाई दायरा समेत बढाएकाले अनसन तोडेको उनीहरुले बताएका छन् ।
यद्यपि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग १२बुँदे सहमति गरेपछि अनसन तोडेको उनीहरुको भनाइ छ । अनसनरत ईः लाई स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले पानी पिलाएर अनसन तोडाएका हुन् ।
ईः र स्वास्थ्य मन्त्रालयबीच भएको १२बुँदेमा स्वास्थ्यकर्मीलाई पीपीईको अभाव हुन नदिने, कोरोना नियन्त्रणमा भएको खर्च यथाशीघ्र सार्वजनिक गर्ने, पीसीआर परीक्षणको दायरा बढाउने, आरडीटी परीक्षण बन्द गर्ने, क्वारेन्टिन व्यवस्थित गर्नेलगायत बुँदा समेटिएका छन् ।
यो स्वतन्त्र दबाबको उपलब्धी भएको अभियानले जनाएको छ ।















प्रतिक्रिया