काठमाडौं, ३ चैत । महिला बालबालिका तथा समाजकल्याण मन्त्री निलम केसी र त्यहाँ बस्दै आएका नेपाली महिला बीच दोहोरो नागरिकताको विषय उठेपछि घम्साघम्सी भएको छ ।
स्थानीय महिलाको आयोजनामा न्युर्योकमा गरिएको एक भेटघाट कार्यक्रममा बिदेशमा बसेका नेपालीले आफ्नो नागरिकतालाई निरन्तरता दिनुपर्ने बताएपछि मन्त्री केसी आक्रोसित भएकी हुन् ।
अमेरिकामा बसेर महिला अधिकारका क्षेत्रमा कार्यरत सीता खरेल लगायतको समुहले दोहोरो नागरिकता लिन पाउनुपर्ने यसका लागि मन्त्रीले पहल गरिदिनुपर्ने माग गरेपछि ‘दोहोरो नागरिकता लिन पाइदैँन’ भन्दै कार्यक्रमस्थलमै मन्त्री कड्किएकी हुन् ।
‘तपाईहरुलाई नागरिकता किन चाहियो रु अमेरिका बस्ने अनि दोहोरो नागरिकता पनि चाहिने’ उनले भनिन्, ‘अमेरिका बसेर दोहोर नागरिकता मिल्दैन यस्ता सम्झौतामा म हस्ताक्षर गर्दिन ।’
उनले यस्तो जवाफ फर्काउने बित्तिकै कार्यक्रम स्थलको अवस्था असामान्य बनेको कान्तिपुर दैनिकले छापेको छ ।
लामो समय चर्काचर्की परेपछि मन्त्री केसीे खाना खान बोलाएर यस्तो प्रश्न गर्ने भन्दै खाना नै नखाइ फर्किएकी थिइन् ।
नेपालमा रहँदा मन्त्री केसीसंगै रहेर विगतमा लामो समय काम गरेकी सीता खरेलले मन्त्री केसीको हात समाउँदै खाना खाएर मात्र जान अनुरोध गर्दा मन्त्री प्रहरी बोलाउने चेतावनी दिइन ।















प्रतिक्रिया