३० आश्विन २०८३, शुक्रबार

भारतको केरलामा यात्रुबाहक विमान दुर्घटना, पाइलटसहित ३ जनाको मत्यु (भिडियोसहित)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । भारतको केरलास्थित कोझिकोड अन्तर्राष्ट्रिय विमानस्थलमा एयर इन्डिया एक्सप्रेसको जहाज दुर्घटनामा परेको छ ।

दुवईबाट १९५ जना यात्रु बोकेर आएको आईएक्स-१३४४ बोइङ ७३७ जहाज अवतरणको क्रममा रनवेमा चिप्लिएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा एकजना पाइलटसहित दुई जना यात्रुको ज्यान गएको विमानस्थलका अधिकारीहरुले पुष्टि गरिसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अन्यको उद्धार भइरहेको छ । दुर्घटनामा ५० जना भन्दा बढी घाइते भएका छन् । रनवेबाट ३०–४० फिट तल धस्सिएको जहाज दुई टुक्रा भएको छ ।

अन्य विवरण आउन बाँकी छ