काठमाडौं, २३ साउन । भारतको केरलास्थित कोझिकोड अन्तर्राष्ट्रिय विमानस्थलमा एयर इन्डिया एक्सप्रेसको जहाज दुर्घटनामा परेको छ ।
दुवईबाट १९५ जना यात्रु बोकेर आएको आईएक्स-१३४४ बोइङ ७३७ जहाज अवतरणको क्रममा रनवेमा चिप्लिएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा एकजना पाइलटसहित दुई जना यात्रुको ज्यान गएको विमानस्थलका अधिकारीहरुले पुष्टि गरिसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अन्यको उद्धार भइरहेको छ । दुर्घटनामा ५० जना भन्दा बढी घाइते भएका छन् । रनवेबाट ३०–४० फिट तल धस्सिएको जहाज दुई टुक्रा भएको छ ।
#WATCH Kerala: Dubai-Kozhikode Air India flight (IX-1344) with 190 people onboard, skidded during landing at Karipur Airport today. (Video source: Karipur Airport official) pic.twitter.com/6zrcr7Jugg
— ANI (@ANI) August 7, 2020
अन्य विवरण आउन बाँकी छ
प्रतिक्रिया
सम्बन्धित
सिफारिस