
काठमाडौं, २३ साउन । मुक्तिनाथ विकास बैंक र हाउस अफ इन्टेरियरबीच सेवाशुल्कमा छूटसम्बन्धी सम्झौता भएको छ ।
कम्पनीले दिने सेवामा तोकिएका शुल्कमा विशेष छूट दिनेसम्बन्धी समझदारीपत्रमा शुक्रबार हस्ताक्षर भएको हो । सम्झौतापत्रमा हाउस अफ इन्टेरियरका प्रमुख कार्यकारी अधिकृत सुमेर ज्ञवाली र मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले हाउस अफ इन्टेरियरका सेवाहरूमा छूट पाउने भएका छन् । इन्टेरियर प्रडक्ट, इलेक्ट्रीसिटी, मार्वल, फर्निचर र फर्निसिङ उडवक्र्स, थ्रीडी डिजाइन तथा अन्य इन्टेरियर डिजाइनिङमा आकर्ष छूट पाउने बैंकले बताएको छ ।
बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखामार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरू प्रदान गर्दै आइरहेको छ । बैंकले ब्यालेन्स सर्टिफिकेट, चेकबुक, गूड फर पेमेन्ट चेक जारी गर्दा शुल्क नलिने बताएको छ भने अन्तरशाखा बैंकिङ कारोबार सेवा पनि निःशुल्क गरेकोे बताएको छ ।















प्रतिक्रिया