
काठमाडौं, २३ साउन । संघीय सरकारका पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले नेकपाभित्र मिलेका कुरा पनि पटक–पटक कसैले भत्काउने गरेको बताएका छन् ।
शुक्रबार ट्विट गर्दै उनले पार्टीभित्र मिलेका कुराहरु पटक–पटक भत्काउँदा पार्टी फुट्न सक्ने चिन्ता समेत प्रकट गरेका छन् ।
पार्टीमा बिहान मिलेका कुरा बेलुका भत्काउने गरेको र पार्टीलाई अस्थिर बनाइराख्न कसैले उत्प्रेरित गरिरहेको संकेत गर्दै ट्विटरमा उनले लेखेका छन्, ‘०५४ को झझल्को पो आउन थाल्यो त नेकपामा । बरु कोरोनाको ओखती फेला पर्ला नेकपा झगडाको ओखती कम से कम काठमाडौंमा चै नपाइने भो जस्तो छ । बिहान मिलेको कुरा बेलुका भत्काइदिने कन्ट्रोल कक्ष कहाँ रहेछ ?’ भन्दै उनले प्रश्न गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको ७० वर्षे इतिहासमा विभिन्न फुट र जुटको अवस्था हुँदै आजसम्म आइपुगेको हो । यसबीचमा भारतसँग भएको महाकाली सन्धीलाई लिएर २०५४ सालमा बामदेव गौतमले पार्टी फुटाएका थिए ।
२०५० जेठ ३ गते मदन भण्डारीको निधन भएपछि माधवकुमार नेपाल एमालेको महासचिव बनेका थिए । तत्कालिन सरकारले भारतसँग गरेको महाकाली सन्धीलाई लिएर पार्टीभित्र तीव्र मतभेत चलेको थियो ।
त्यही विवादलाई लिएर गौतमले पार्टी फुटाएर नेकपा माले खोले । वामदेवसँग सिपी मैनाली पनि थिए ।
५ वर्षपछि फेरि गौतम एमालेमै फर्किए । मैनालीको सानो समूह छुट्टै बस्यो र अहिलेसम्म छँदै छ ।















प्रतिक्रिया