२ कार्तिक २०८३, सोमबार

सेभिल्ला र लिभरकुशेन युरोपा लिगको क्वाटरफाइनल प्रवेश

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २३ साउन । सेभिल्ला र लिभरकुशेन युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार राति भएको खेलमा सेभिल्लाले रोमालाई २ शून्यले तथा लिभरकुशेनले रेन्जरलाई १ शून्यले हराउँदै अन्तिम ८ मा स्थान बनाएका हुन् ।

सेभिल्लाको जितमा खेलको २२ औं मिनेटमा सर्जियो रेगुइलन र ४४ औं मिनेटमा यूसुफ एन नेसरीले गोल गरे । यस्तै लिभरकुशेनको जितमा मौसा डायबीले गरेको गोल नै निर्णायक बन्यो ।

लिभरकुशेन समग्रमा ४-१ को नतिजासहित क्वाटरफाइनलमा प्रवेश गरेको हो । लिभरकुशनले अब आउँदो सोमबार इन्टर मिलानसँग तथा सेभिल्लाले वलभरह्याम्टन ह्वनडरर्ससँग मंगलबार खेल्नेछन् ।