३ कार्तिक २०८३, मंगलबार

सुवास नेम्वाङले भने- ‘अविलम्ब वार्ता गर्नुहोस्, नत्र मैले घोडा दौडाउने छु’

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

subash-nembang

काठमाडौँ, २ चैत । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दलहरूबीच अविलम्ब वार्ताको वातावरण बन्नुपर्ने बताउनुभएको छ ।

कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको संयोजनमा सोमबार आयोजित संसद र नागरिक प्रशासन अधिकारीहरूका लागि हातेपुस्तक सार्वजनिक समारोहमा उहाँले संविधानसभाबाट संविधान बन्नुको विकल्प नभएका कारण त्यसलाई निष्कर्षमा पुर्‍याउन दलहरू जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो-‘संविधान दलहरु जिम्मेवार बनेर अविलम्ब वार्तामा आउनुपर्छ, अन्यथा घोडाको तिव्र गतिमा जनताको संविधानका लागि प्रक्रिया सुरु गर्न बाध्य हुनेछु ।’

दलहरूबीच सहमति होस् भनेर संविधानसभाको प्रक्रिया अनिश्चित समयका लागि स्थगित भएको चर्चा गर्दै उहाँले दलहरूबीच सहमति नभइ आन्दोलनको कार्यक्रम घोषणा भएको कुराले आँफूलाई दुःखित बनाएको बताउनुभयो ।

कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री नरहरि आचार्यले मानवीय कानुनको संरक्षण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै यसलाई व्यवस्थित गराउने कुरामा सरकार सँधै दृढ भएर लागेको बताउनुभयो ।

नेपालमा १० वर्षभन्दा लामो द्वन्द्वका घाउ मेटाउन संसदबाट सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्ति छानविन आयोग गठन भई त्यसले कामको थालनी गरिसकेको उहाँले जानकारी गराउनुभयो ।