
काठमाडौं, २२ साउन । पछिल्लो समय उपत्यकाभित्र कोरोना संक्रमणको ‘हटस्पट’ नै बनेको प्रहरी प्रधान कार्यालय नक्सालमा हालसम्म ८५ जना प्रहरी अधिकारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ८५ पुगको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार कन्ट्र्याक्ट ट्रेसिङको काम पनि भइरहेको छ ।
नेपालमा अहिले कोरोना सङ्क्रमित २०० जना प्रहरीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ११९ जना प्रहरीले कोरोनालाई जितेर घर फर्किसकेका छन् ।















प्रतिक्रिया