
तनहुँ, २२ साउन । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारमा चितुवाको आक्रमणबाट डेढ वर्षीय बालकको मृत्यु भएको छ ।
बुधबार साँझ करीब ८ बजेतिर आँगनमा खेल्दै गरेका स्थानीय विष्णुकुमार रानाका छोरा रोहन रानालाई चितुवाले लगेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
आँगनमा खेल्दै गरेका रोहनलाई चितुवाले लगेको थियो । उनको टाउको र हात मध्यरातमा घरबाट झण्डै तीन किलोमिटर पर जंगलमा भेटिएको बताइएको छ ।















प्रतिक्रिया