३० आश्विन २०८३, शुक्रबार

कोरोना संक्रमण पुष्टि भएका राज्यमन्त्री यादव ५ दिन अघि प्रधानमन्त्रीसँगको बैठकमा सहभागी थिए !

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका २ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव ५ दिनअघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विशिष्ट व्यक्तित्वसँगको बैठकमा रहेको खुलेको छ ।

प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा गृहमन्त्री रामबहादुर थापा बादल, प्रहरी महानिरिक्षक (आईजी) शैलेश थापा क्षत्रीसहित विभिन्न प्रदेशका गृहमन्त्रीसमेत बैठकमा सहभागी रहेको बताइएको छ ।

१६ साउनमा बालुवाटारमा बैठक भएको र त्यहाँ यादव सहभागी रहेको दाबी गरिएको छ । प्रदेशलगायतका विविध क्षेत्रको सुरक्षा सन्दर्भमा बैठक भएको थियो । बालुवाटारले भने यस विषयको औपचारिक पुष्टि गरिसकेको छैन ।