काठमाडौं, २ चैत । एकीकृत नेकपा माओवादीका नेता नन्दकिशोर पुन पासाङले सत्तारुढ कांग्रेस-एमालेले पेल्न खोजे आफूहरु जनताको अधिकारका लागि फेरि हतियार उठाउने चेतावनी दिनुभएको छ ।
माओवादी सेनाका पूर्व कमाण्डर समेत रहेका नेता पासाङले सोमबार राजधानीमा आयोजित माओवादी आन्दोलन पुनर्गठन अभियान घोषणा सभामा बोल्दै एमाओवादी हतियार बोकेको अनुभवी पार्टी भएकाले कमजोर नठान्न चेतावनी दिनुभएको हो ।
उहाँले भन्नुभयो-‘विगतमा पनि अधिकारका लागि राज्यसंग लड्यौं, विगतको अनुभव क्षमता र योग्यताले हामी कमजोर छैनौं, परेको खण्डमा माओवादी फेरि हतियार उठाउन तयार छ ।’
शान्तिपूर्ण आन्दोलनमा लाठी उठाउनु एमाओवादीको नैसर्गिक अधिकार हो भन्दै अब एलएमजी, इन्सास र एके-४७ जस्ता हतियार उठाईने नेता पासाङको भनाई छ ।
माओवादीहरु निरन्तर फुटिरहेकाले विगतको आन्दोलनको उपलब्धि धरापमा परेको भन्दै पासाङले इमान्दारीपूर्वक सबै माओवादी मिलेर एकीकरण प्रक्रियाबाट ठुलो शक्ति बनाउनुपर्ने धारणा राख्नुभयो ।















प्रतिक्रिया