२ कार्तिक २०८३, सोमबार

राफायल नाडाल युएस ओपन टेनिस नखेल्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २१ साउन । साबिक विजेता राफायल नाडालले यो वर्षको युएस ओपन टेनिस नखेल्ने निर्णय गरेका छन्।

अगस्टको अन्तिमदेखि सुरु हुने युएस ओपन टेनिसमा सहभागी नहुनेको कारण कोरोना भाइरसको महामारी नियन्त्रण बाहिर हुनु रहेको नाडालले उल्लेख गरेका छन् ।

विश्व नम्बर दुई स्पेनिस नाडालले न्यूयोर्कमा हुने प्रतिस्पर्धामा सहभागी नहुने निर्णय गर्ने अहिलेसम्मका सबैभन्दा प्रभावशाली खेलाडी हुने ।

३४ वर्षका नाडालले भनेका छन्, ‘संक्रमण बढ्दै गएकाले विश्वभर स्वास्थ्यको अवस्था निकै जटिल छ । यस्तो परिवेशमा कहिल्यै लिन नचाहेको निर्णय गर्न बाध्य भएँ । तर मैले यो समय मनको कुरा सुनेँ र यस्तो बेला यात्रा नगर्ने निर्णय गरेँ ।’

सर्बियन नोभाक जोकोविच भने खेलमा सहभागी हुने छन् । यस्तै अमेरिकी सेरेना विलियम्स पनि खेल्ने तयारीमा छन् । नाडालले सन् २०१६ को विम्बल्डन यता पहिलोा पटक ग्राण्डसलाम टेनिस गुमाउने भएका हुन् ।