
काठमाडौँ, २० साउन । सत्तारुढ नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ ।
पार्टीको आन्तरिक गतिरोध अन्त्यका लागि उनीहरुबीच मंगलबार बालुवाटारमा छलफल भएको हो । छलफलमा नेकपाका नेता झलनाथ खनाल र सुवास नेम्वाङ पनि सहभागी रहेका थिए ।
पछिल्लो समय पार्टीको स्थायी कमिटी बैठक अन्योलमा रहेको बेला अध्यक्षहरुबीचको छलफलले विवाद समाधान गर्ने अपेक्षा गरिएको थियो ।
यद्यपि कुनै ठोस निष्कर्ष भने ननिस्किएको स्रोतले जनाएको छ ।















प्रतिक्रिया