६ कार्तिक २०८३, शुक्रबार

थप एक कोरोना संक्रमितको मृत्यु पुष्टि, निको हुनेको संख्या १५ हजार नाघ्यो

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २० साउन । कोरोनका कारण थप एक जनाको मृत्यु पुष्टि भएको छ ।

यससँगै अहिलेसम्म कोभिडका कारण मृत्यु हुनेको संख्या ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जनाएका छन् ।

मृत्यु हुनेमा मोरङ जिल्लाका ७५ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । उनको साउन १९ गते मृत्यु भएको हो ।

ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि उनी सोमवार बिहान कोशी अस्पतालमा भर्ना भएका थिए ।

उपचारको क्रममा उनको सोमवार नै मृत्यु भएको र उनमा कोभिड १९ पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

ती व्यक्ति मधुमेह र उक्त रक्तचापबाट पनि पीडित भएको जनाइएको छ ।

त्यस्तै, आज देशभर थप २ सय ५९ जनामा कोरोनभाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको संख्या २१ हजार ९ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

त्यस्तै, गत २४ घण्टामा थप ६५ जनाले कोरोना जितेका छन् । यससँगै निको हुनेको संख्या १५ हजार २६ जना पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या ५ हजार ९ सय २५ जना छ ।