२ कार्तिक २०८३, सोमबार

काठमाडौँ उपत्यकामा एकैदिन थप ६२ जनामा कोरोना पुष्टि

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० साउन । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६२ जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।

संक्रमितहरु काठमाडौँका ४८ जना, भक्तपुरका १३, ललितपुरका १ गरी कुल ६२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको हो ।
त्यस्तै, आज देशभर थप २ सय ५९ जनामा कोरोनभाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको संख्या २१ हजार ९ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

त्यस्तै, गत २४ घण्टामा थप ६५ जनाले कोरोना जितेका छन् । यससँगै निको हुनेको संख्या १५ हजार २६ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ६ सय ८७ जनाको पीसीआर परीक्षण गरिएको थियो ।