३० आश्विन २०८३, शुक्रबार

मृत्यु संस्कारमा भेला भएका एकै परिवारका १४ जनामा कोरोना सङ्क्रमण, रङ्गेलीमा बन्द आह्वान

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, २० साउन । रङ्गेली नगरपालिकामा एकै परिवारका १४ जनामा कोरोनाको सङ्क्रमण भेटिएको छ ।

कोभिड–१९ को सङ्क्रमण थप फैलिन नदिन ३ दिन नगरपालिकाका विभिन्न वडामा बन्द आह्वान गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले नगरपालिकाको ४, ६ र ७ नम्बर वडा पूर्णरुपमा सिल गरिएको जानकारी दिए ।

केही दिनअघि मुख्य बजार क्षेत्रमा ७३ वर्षीय वृद्धको मृत्यु भएपछि भेला भएका एकै परिवारका १४ जनामा सङ्क्रमण पुष्टि भएको हो । मृतकको घर पुग्ने र परिवारका अन्य सदस्यको पहिचान गर्दै सबैको स्वाब नमूना सङ्कलन कार्य भइरहेको बताइएको छ ।