२ कार्तिक २०८३, सोमबार

काठमाडौँ उपत्यकाका यी १४ अस्पतालबाट स्वाब संकलन गरिने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० साउन । सरकारले काठमाडौँ उपत्यकाका १४ वटा अस्पतालमा स्वाब संकलन गरिने भएको छ ।

कोरोनाभाइरस संक्रमण शंकास्पद बिरामीका लागि स्वाब संकलन गर्न ति १४ अस्पताल तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अब काठमाडौँ उपत्यकाका त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, सिभिल अस्पताल, टेकु अस्पताल, वीरेन्द्र अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, भक्तपुर अस्पताल, केएमसी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, प्रसुति गृह, ह्याम्स अस्पताल र नेपाल कोरिया मैत्री अस्पताललाई स्वाब संकलन केन्द्रको रुपमो मन्त्रालयले तोकेको छ । तोकिएका अस्पतालमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म स्वाब संकलन हुने मन्त्रालयले जनाएको छ ।

त्यस्तै, मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न, अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन र भीडभाड नगर्न, चाडपर्वहरु घरमै बसेर मनाउन मन्त्रालयले अपील समेत गरेको छ ।