३० आश्विन २०८३, शुक्रबार

अख्तियारको फन्दामा परे राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विजय राना अख्तियारको फन्दामा परेका छन् ।

रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले २ लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको बताएको छ ।

बुटवल नयाँ गाउँस्थित कार्यालयमा कार्यरत प्रमुख रानालाई कपिलवस्तु कृष्ण नगरका व्यापरी अनिल कुमार झासगँ घुस वापतको रकम लेनदेन गर्दा गर्दै कार्यालय नजिकैबाट नियन्त्रणमा लिएको अख्तियारको भनाइ छ ।

सोमबार मात्रै अख्तियारको बुटवल टोलीले बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत र सहायक संरक्षण अधिकृतलाई ८ लाख ९८ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको थियो ।