
काठमाडौं, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । उनीहरु अधिकांश प्रहरी कर्मचारी हुन् ।
थप संक्रमितको कन्ट्र्याक्ट ट्रेसिङ शुरु गरिएको अख्तियारले बताएको छ ।
यसअघि नेपाल प्रहरीको मुख्यालयभित्र करीब १०० जनाको हाराहारीमा कोरोना संक्रमित पुष्टि भइसकेका छन् । यस्तै विभिन्न सरकारी अड्डा र अदालतहरुमा कार्यरतहरुमा पनि संक्रमण पुष्टि भइरहेको छ ।















प्रतिक्रिया