काठमाडौं, २ चैत । टर्कीस एयरलाइन्सको विमान दुर्घटनाको भएर चारदिन भाग्नुपरेको सास्ती सेलाउन नपाउँदै फेरि विमान दुर्घटना भएको छ ।
तर यो खबर नेपालको भने होईन् । मलेसियामा आकाशमै दुई जहाज ठोक्किएर दुर्घटना भएको हो । इन्डोनेसियन टोलीका दुई जहाजका पंखा आपसमा जुध्दा दुर्घटना भएको मलेसियाका सैनिक अधिकारीहरुले जनाएका छन् ।
एयर सो अभ्यासका क्रममा उक्त दुर्घटना भएको मलेसियाली अधिकारीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई बताएका छन् । दुर्घटनामा मानविय क्षति नभएको जनाइएको छ ।
विमान अनियन्त्रित भएपछि पाइलटले प्यारासुटबाट हाम फलेर ज्यान जोगाएका छन् ।
विमान ठाक्किएर खस्दा एक घर र कारमा आगो लागेको सामाचारमा जनाइएको छ । घटनामा परी घाईते भएका चार जना पाइलटलाई मलेसियाको लङ्काबीस्थित एक अस्पतालमा भर्ना गरिएको छ ।
लंकावीमा मंगलबारदेखि अन्तर्राष्ट्रिय एयरोस्पेस प्रदर्शनी सुरु हुदैछ । जसमा भाग लिन ती दुई विमान मलेसिया आएका थिए । प्रशिक्षणका क्रममा यो दुर्घटना भएको हो ।














प्रतिक्रिया