७ मंसिर २०८३, सोमबार

होम क्वारेन्टाइनमा बसेका चितवनका एक व्यक्तिको मृत्यु, पिसीआर गर्न स्वाब लगियो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, २० साउन । एक ३५ बर्षिय व्यक्तिको होम क्वारेन्टाइनमा बसेका बेला गएराती चितवनमा मृत्यु भएको छ ।

खैरहनी नगरपालिका–६ स्थित बोरा उद्योगमा कार्यरत उनी १३ दिनअघि बाराबाट चितवन फर्किएका थिए ।

उनीसँगै होम क्वारेन्टाइनमा बसेका अन्य ५ जनाको स्वास्थ्य भने सामान्य रहेको छ । साथीहरूलाई एक्कासी छाती दुख्यो भनी सुनाएका ति व्यक्ति ढल्नासाथ मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकमा कोरोना संक्रमण थियो वा थिएन भन्ने पुष्टि गर्नका निम्ति स्वाब संकलन गरी पिसीआर परिक्षणमा पठाइएको छ ।