काठमाडौं, १९ साउन । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी ओलीले पार्टीभित्रको विवाद समाधानका लागि दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालसँग परामर्श गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा ओली–दाहालबीचको सोमबारको जारी छलफलमा दुई जना नेताहरू पनि रहेका छन् । वरिष्ठ नेता झलनाथ खनाल र संसदस्य दलका उपनेता सुवासचन्द्र नेम्वाङको सहभागिता रहेको छ ।
ओली–दाहालको सम्वादमा पार्टीभित्रको विवाद कसरी मिलाएर अगाडि बढ्न सकिन्छ भन्ने विभिन्न विकल्पहरूमा छलफल भएको स्रोतले जनाएको छ ।











प्रतिक्रिया