
काठमाडौं, १९ साउन । नेकपा विवाद समाधानका निम्ति अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच बालुवाटारमा आज पनि छलफल भइरहेको छ ।
बैठकमा बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी छन् । प्रचण्डले नेताहरूलाई ओलीसँगको छलफल सकारात्मक नभएको ब्रिफिङ गरेको विवरण बाहिर आएको थियो ।
मंगलबार स्थायी समिति बैठक स्थगित भएदेखि दुई अध्यक्षबीच भेटघाट हुन सकेको थिएन । आइतबारबाट संवादहिनता टुटे पनि सहमतिको आधार र खाकामा कुराकानी हुन सकेको छैन ।















प्रतिक्रिया