२ कार्तिक २०८३, सोमबार

भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १८ साउन । भारतका गृहमन्त्री अमित शाहमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

उनले आइतबार आफ्नो ट्वीटरमार्र्फत आफूमा कोभिड पोजेटिभ देखिएको जानकारी दिएका हुन् । उनले आफूमा कोरोना संक्रमणको प्रारम्भिक लक्षण देखिएपछि परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको बताएका छन् ।

हाल आफू स्वस्थ रहेको र चिकित्सकको सल्लाहबमोजिम अस्पताल भर्ना हुने तयारीमा रहेको शाहले बताए ।

शाहले पछिल्लो केही दिनमा आफ्नो सम्पर्कमा आउने सबैलाई आइसोलेसनमा बस्दै आफ्नो कोरोना परीक्षण गर्न पनि आग्रह गरेका छन् ।