७ मंसिर २०८३, सोमबार

प्रधानमन्त्री ओलीद्वारा दाहाल र खनालसँग परामर्श

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । पार्टीभित्रको विवाद समाधानका लागि प्रधानमन्त्री केपी ओलीले दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनालसँग परामर्श गरेका छन् ।

सत्तारुढ नेकपाको स्थायी समितिको बैठक अनिश्चित भएपछि पार्टीको अध्यक्ष समेत रहेका ओलीको आलोचना भएको थियो । ओली र दाहालबीच सम्वाद नै हुन नसकेको भनेर समाचार बाहिरिएका बेला तीन शीर्ष नेताबीच कुराकानी भएको छ ।

प्रधानमन्त्री ओलीले विवाद समाधानका लागि आइतबार बिहान आफ्नै सरकारी निवास बालुवाटारमा दाहाल र खनालसँग परामर्श गरेको उच्च स्रोतले जनाएको छ ।

पार्टीमिा दाहालले ओलीलाई एउटा पदबाट राजीनामा दिन दवाव सिर्जना गरेका थिए । ओलीले दवाव नमानेपछि स्थायी समिति र सचिवालयको बैठक प्रभावित बनेको थियो ।