२ कार्तिक २०८३, सोमबार

आयरल्यान्डविरुद्ध सिरिजको दोस्रो खेलमा इंग्ल्यान्ड विजयी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १८ साउन । आयरल्यान्डविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा पनि घरेलुु टिम इंग्ल्यान्ड विजयी भएको छ ।

शनिबार राति भएको खेलमा इंग्ल्यान्डले आयरल्यान्डलाई ४ विकेटले पराजित गरेको हो । जितसँगै इंग्ल्यान्डले विश्वकप सुपरलिगमा १० अंक थपेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ५० ओभरमा ९ विकेटको क्षतिमा २१२ रन जोड्यो। उसका लागि कुर्टिस चाम्फरले ६८ रन जोडे । बलिङमा इंग्ल्यान्डका अदिल रसिदले ३ विकेट लिए ।

२१३ रनको लक्ष्य इंग्ल्यान्डले ६ विकेटको क्षतिमा ३२.३ ओभरमा पार गर्‍याे । इंग्ल्यान्डका लागि जोनी बायस्टोले उत्कृष्ट ब्याटिङ गरे। २१ बलमा अर्धशतक बनाएर कीर्तिमान बनाएका उनले आउट हुनुअघि ४१ बलमा ८२ रन जोडे ।

उनले इयान मोर्गानको नाममा रहेको इंग्ल्यान्डका लागि एकदिवसीय खेलमा छिटो अर्धशतकको रेकर्ड बराबरी गरे। उनी प्लेयर अफ दि म्याच भए । बलिङमा आयरल्यान्डका जोस लिटिलले ३ विकेट लिए ।