२९ आश्विन २०८३, बिहिबार

संक्रमितको संख्या बढेपछि बारामा अनिश्चितकालीन निषेधाज्ञा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, १६ साउन । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाराले आइतबारदेखि लागू हुने गरी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ ।

छिमेकी जिल्ला पर्सामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएको र बारामा समेत दैनिक संक्रमितको संख्या बढ्दै गएकोले स्थान निर्धारण गरेर आइतबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको बताएको छ ।

शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले आम नागरिकको जीवन रक्षा तथा रोगको संक्रमणलाई नियन्त्रण गर्न अत्यावश्यक कामबाहेक भेला हुन तथा घर बाहिर निस्कन प्रतिबन्ध लगाएको हो ।

जारी सूचना अनुसार पर्सा तथा बारा जिल्ला जोड्ने हुलाकी लोकमार्ग पर्ने सबै स्थानीय तहहरु, कलैया बजार क्षेत्र, पथलैया–वीरगज औद्योगिक करिडोर पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हवी, सिम्रौनगढ, बरियापुर लगायत अत्यधिक भीडभाड हुने तथा हाटबजार लाग्ने ग्रामीण क्षेत्रहरुमा निषेधाज्ञा लागू गरिएको हो ।

यसअघि शुक्रबार नै जीतपुरसिमरा सार्वजनिक समितिले कोरोना भाइरस संक्रमण फैलिने सम्भावना भएकाले बारा जिल्ला भरी नै निशेधाज्ञा जारी गर्न आग्रह गरेको थियो ।