२९ आश्विन २०८३, बिहिबार

समुदायमा कोरोना फैलिएपछि विराटनगरमा १४ दिने लकडाउन घोषणा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १६ साउन । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि विराटनगर महानगरपालिका क्षेत्रभित्र १४ दिनका लागि लकडाउन घोषणा गरिएको छ ।

शुक्रबार बसेको महानगरको बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी १४ दिनसम्मका लागि लकडाउन घोषणा गरेको हो ।
लकडाउनपछि बिचको अवस्थालाई हेरेर थप निर्णय गरिने महानगरले बताएको छ ।

महानगरभित्र शुक्रबार मात्रै थप १० जना कोरोना संक्रमित फेला परेका छन् । ४ जना महिला र ६ जना पुरुषसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको महानगरपालिकाले बताएको छ ।

योसँगै महानगरभित्रका कोरोना संक्रमितको संख्या १०७ पुगेको छ ।

संक्रमितहरुमध्ये ३ जना कोशी अस्पतालका कर्मचारी हुन् । विराटनगर–५ का १ जना महिला र १ जना पुरुष, विराटनगर–२ का १ जना महिला र १ जना पुरुष, विराटनगर–११ का १ जना महिला र १ जना पुरुष, विराटनगर–६ का १ जना पुरुष, विराटनगर–१७ का १ जना पुरुष, विराटनगर–१२ का १ जना पुरुष र वडा नखुलेका अर्का पुरुषमा संक्रमण देखिएको महानगरको स्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।