३ कार्तिक २०८३, मंगलबार

पाल्पामा १ सय ६० विद्यार्थी एसएलसी परीक्षाबाट बञ्चित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Slc Exam– सुशील नेपाल

पाल्पा, २ चैत । आगामी चैत ५ गतेबाट सुरु हुने प्रवेशिका (एसएलसी) परीक्षामा पाल्पाबाट १ सय ६० विद्यार्थी सहभागी हुन नपाउने भएका छन् । विद्यार्थी र अभिभावकको लापरवाहीले विद्यार्थीहरु परीक्षा दिनबाट बञ्चित भएका हुन ।

शिक्षा नियमावली अनुसार न्युन उपस्थिति र परिक्षा शुल्क नतिर्दा परिक्षा दिनबाट बञ्चित भएको जिल्ला शिक्षा कार्यालय पाल्पाले जनाएको छ । शिक्षा नियमावली अनुसार विद्यार्थीहरु विद्यालयमा ७५ प्रतिशत हाजिर हुनुपर्ने प्रावधान छ ।

शिक्षा विभागले ३ बर्ष अघि सेन्टप परिक्षा खारेज गर्दै ७५ प्रतिशत हाजिरी पुगेका विद्यार्थीलाई एसएलसीमा सम्मिलित हुन पाउने गरी नियमावली जारी गरेको थियो । विद्यालयले नै हाजिरी नपुगेका र शुल्क नतिरेका विद्यार्थीलाई अयोग्य घोषित गर्दै एसएलसीको नामावलिबाट हटाएको हो ।

जिल्ला शिक्षा अधिकारी टोप बहादुर श्रेष्ठले नियमावली अनुसार विद्यार्थीको हाजिरी नपुगेको र शुल्क नतिरेकोले विद्यार्थीलाई एसएलसी दिनबाट रोक्ने निर्णय भएको बताए । गत असारमा ५ हजार ९ सय ५० जनाले फाराम भरेकामध्ये ५ हजार ७ सय ९० मात्र परिक्षामा सामेल हुने उनले बताए ।

deoयसैबीच पाल्पामा एसएलसी परीक्षाको सम्पुर्ण तयारी पुरा भएको छ । जिल्ला शिक्षा कार्यालय पाल्पाका अनुसार एसएलसी परीक्षालाई मर्यादित बनाउन सुरक्षा व्यबस्था कडा पारिएको छ ।

यसवर्षको एसएलसीमा पाल्पाबाट नियमिततर्फ ४ हजार ६ सय ८ र एक्जामटेडतर्फ १ हजार १ सय ८२ गरी जम्मा ५ हजार ७ सय ९० जना परिक्षार्थीले जाँच दिँदैछन् । जिल्लामा १ सय १६ विद्यालयका लागि २३ वटा परिक्षाकेन्द्र तोकिएको छ ।