२९ आश्विन २०८३, बिहिबार

प्रहरीकै कोठामा भेटियो १ किलो सुन, परीक्षण हुन बाँकी

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । आधा तोला सुन र साढे १४ किलो चाँदी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीकै कोठामा १ किलो सुन भेटिएको छ ।

उक्त वस्तु पूर्ण रुपमा सुन हो वा होइन भन्ने परीक्षण गर्न बाँकी रहेको प्रहरीले बताएको छ । प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठाबाट उक्त सुन बरामद गरिएको बताइएको छ ।

यसअघि मंगलबार कमलादीबाट प्रहरी १५ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको पत्रकार सम्मेलन गरेर बताएको थियो । तर, परीक्षणका क्रममा साढे १४ किलो धातु चाँदी भएको पुष्टि भएको थियो ।

यो प्रकरणमा प्रहरीमाथि नै शंका थोपरिएको बेलामा प्रहरीकै कोठामा सुन भेटिनुले प्रहरीको नियतमाथि थप शंका बढाएको छ ।