२९ आश्विन २०८३, बिहिबार

आयरल्यान्डविरुद्ध इङ्ग्ल्यान्ड ६ विकेटले विजयी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । आयरल्यान्ड विरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा इङ्ग्ल्यान्ड ६ विकेटले विजयी भएको छ ।

साउथह्याम्पटनमा गएराति भएको खेलमा आयरल्यान्डले दिएको १७३ रनको लक्ष्य इङ्ग्ल्यान्डले ४ विकेट गुमाउँदै २७ ओभर ५ बलमा पुरा गर्‍यो ।

इङ्ग्ल्यान्डको जितमा साम बिलिङ्सले अविजित रहँदै ६७ रनको अर्धशतकीय इनिङ्ग खेले । कप्तान इयान मोर्गनले अविजित ३६ रन बनाए ।

यस्तै जेम्स भिन्सले २५ तथा जासन रोयले २४ रन बनाए । आयरल्यान्डका क्रेग योङले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ४४ ओभर ४ बलमा अलआउट हुँदै १७२ रन बनाएको थियो ।