२ कार्तिक २०८३, सोमबार

नारायणी अस्पतालका ९ स्वास्थ्यकर्मीसहित पर्सामा थपिए ४७ कोरोना संक्रमित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ साउन । पर्सामा बिहीबार थप ४७ जना कोरोना संक्रमित थपिएका छन् ।

नयाँ संक्रमितहरुमा स्वास्थ्यकर्मी, प्रहरी, सेना लगायत भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपध्यायले जनाएका छन् ।

तीमध्ये नारायणी अस्पतालका ९ जना स्वास्थ्यकर्मी र एक एम्बुलेन्स चालक रहेको पनि बताइएको छ ।

देशभर बिहीबार २७४ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप २२७ जनाले कोरोना जितेका छन् ।

यससँगै उपचारपछि निको हुनेको संख्या १४ हजार २ सय ४८ जना पुगका छन् । त्यस्तै, हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २७ जना रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म ५२ जनाको मृत्यु भइसकेको छ ।