२९ आश्विन २०८३, बिहिबार

‘इनफ इज इनफ’को प्रश्न– माथिको आदेश कि विधिको शासन ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । ‘इनफ इज इनफ’ का अभियन्ताहरुले बिहीबार काठमाडौंको महेन्द्र पुलिस क्लबअगाडि प्रदर्शन गरेका छन् ।

गृह मन्त्रालय प्रवेश गर्न खोज्दा ‘इनफ इज इनफ’ का अभियन्ताहरु पक्राउ गरेको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् । ‘माथिको आदेश कि विधिको शासन ?’, नेकपा प्रहरी, अपहरणकारी सरकार’लगायत प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका छन् ।

सूचनाको हकको निवेदन दर्ता गर्न गृह मन्त्रालय प्रवेश गर्न खोज्दा उक्त अभियानका ५ जना अभियन्ता पक्राउ परेका थिए । अभियानका सदस्यहरु पक्राउ परेपछि आक्रोशित बनेका अभियन्ताहरुले पुलिस क्लबअगाडि प्रदर्शन गरेका हुन् ।

पक्राउ परेका पुकार बम, प्रमेश श्रेष्ठ, समुद्र केसीलगायतलाई महेन्द्र पुलिस क्लबमै राखिएको छ ।

अभियन्ताहरुले पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, भ्रष्टाचारको अन्त्य हुनुपर्ने भन्दै देशैभर विभिन्न स्थानमा अनसन तथा विरोध गर्दै आएका छन् ।

गत असार २३ गते अभियन्ताहरुले उठाउँदै आएका माग पूरा गर्ने सरकारले प्रतिबद्धता सरकारले जनाएको थियो । तर माग पूरा नभएको भन्दै उनीहरुले प्रदर्शन र धनाएलगायत कार्यक्रम जारी राखेको बताएका छन् ।