२९ आश्विन २०८३, बिहिबार

थप ९ जनासहित प्रहरी मुख्यालयका ४४ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ९ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमितको संख्या ४४ पुगेको छ । संक्रमित सबैलाई बलम्बुस्थित एपीएफ अस्पतालमा भर्ना गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिएका छन् ।

नयाँ थपिएका ९ जना संक्रमितहरू यसअघि संक्रमण पुष्टि भएकाहरूको कन्ट्र्याक्ट ट्रेसिङबाट फेला परेका हुन् ।

संक्रमणको जोखिम बढेपछि संक्रमितहरू बस्ने ब्यारेक र भान्सा नै शील गरिएको प्रहरी कार्यालयले बताएको छ ।

संक्रमितहरूको थप कन्ट्र्याक्ट ट्रेसिङको काम पनि भइरहेकाले संक्रमितको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।