२९ आश्विन २०८३, बिहिबार

निरन्तर उकालो लाग्दै सुनको मूल्य, प्रतितोला ९९ हजार पुग्यो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । सुनको मूल्य नितरन्तर उकालो लाग्ने क्रममा बिहीबार प्रतितोला ९९ हजार रुपैयाँ पुगेको छ ।

तोलामा ५०० रुपैयाँ बढेर ९९ हजार रुपैयाँमा बारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो ।

यसैगरी तेजाबी सुनको मूल्य पनि बढेर तोलाको ९८ हजार ५६० रुपैयाँ पुगेको छ ।

सुनको भाउले रेकर्ड बनाए पनि चाँदीको मूल्य भने बिहीबारस्थिर रह्यो । चाँदीको मूल्य बिहीबार पनि तोलाको १ हजार २२५ रुपैयाँ कायम भएको छ ।

कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढेको हो । नेपालमा पनि त्यसकै प्रभावले सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ ।