२ कार्तिक २०८३, सोमबार

एलेक्स सान्चेजलाई स्थायी रुपमा राख्ने इन्टर मिलानकाे चाहना

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १५ साउन । इटालियन क्लब इन्टर मिलानले म्यानचेस्टर युनाइटेडका फरवार्ड एलेक्स सान्चेजलाई स्थायी रुपमा क्लबमा राख्न चाहेको छ । अहिले सान्चेज लोनमा युनाइटेडबाट इन्टर मिलानमा छन् ।

चिलेका ३१ वर्षका खेलाडी सान्चेले लोनमा रहँदा इन्टर मिलानमा राम्रो प्रदर्शन गरेका छन् । उनले इन्टर मिलानका लागि सिरी ए मा ८ खेलमा तीन गोल गरेका छन् ।

उनले गएको शनिबार राति भएको जेनोआमाथि ३–० को जित निकाल्ने क्रममा पनि गोल गरेका थिए।

मंगलबार राति भएको खेलमा नापोलीमाथि २–० को जित निकाल्ने क्रममा पनि इन्टरका लागि भएका गोलमा सान्चेजको संलग्नता रह्यो । इन्टर मिलान यो सिजन दोस्रो स्थानमा रहेर लिग टुंग्याउने चाहनामा छ ।

सन् २०११ यता इन्टर मिलान सिरी ए मा शीर्ष तीनमा पर्न सकेको छैन । इन्टर सान्चेजलाई स्थायी रुपमै क्लबमा राख्ने पक्षमा देखिएको हो । युनाइटेड पनि सान्चेजलाई क्लबमा राख्ने पक्षमा छैन ।