२९ आश्विन २०८३, बिहिबार

कक्षा ११ को परीक्षा भदौ महीनाभित्रै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, १३ साउन । अछाम सदरमुकाम मंगलसेनस्थित अछाम बहुमुखी क्याम्पसले कक्षा ११ को परीक्षा आउँदो भदौभित्रै सञ्चालन गर्ने निर्णय गरेको छ ।

क्याम्पसमा सम्पन्न बैठकले परीक्षा बोर्डको कार्यविधि अनुसार नियमित र आंशिक ग्रेडवृद्धिको परीक्षा अछाम क्याम्पसमा एकैसाथ सञ्चालन गरिने तय भएको क्याम्पसले जनाएको छ । परीक्षाको तालीका केही दिनमा क्याम्पसले प्रकाशन गर्ने बताईएको छ ।

गत बैशाखमा सञ्चालन हुने गरी परीक्षा तालीका सार्वजनिक भएको कक्षा ११ र १२ को परीक्षा कोरोना महामारीका कारण स्थगित भएपछि सरकारले कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालयले सञ्चालन गर्ने निर्णय गरी कार्यविधि तयार पारिसकेको छ ।