
काठमाडौं, १३ साउन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस घरपालुवा जनावरमा पनि देखिन थालेको छ ।
यूकेको एउटा घरपालुवा बिरालोमा परीक्षणका क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । घरपालुवा जनावरमा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो घटना भएको विज्ञहरुले बताएका छन् ।
यसअघि जंगली जनावर बाघमा कोरोना भाइरस संक्रमण देखिएको थियो ।
तर, घरपालुवा जनावरबाट मानिसहरूमा संक्रमण फैलिरहेको भन्ने चाहिँ पुष्टि नभएको विज्ञहरुको भनाइ छ ।
संक्रमित विरालोलाई उसको मालिकबाट कोरोना संक्रमण भएको हुन सक्ने बताइएको छ । यसअघि बिरालोका मालिकमा कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो । अहिले दुवै निको भइसकेका छन् ।
यसअघि मानिसबाट पशुमा पनि कोरोनाभाइरस सरेको केही प्रमाण भेटिएपछि वैज्ञानिकहरूले तिनलाई पाल्ने व्यक्तिलाई लकडाउनका बेला आफ्ना बिरालो घरभित्रै राख्न सुझाव दिएका थिए ।













प्रतिक्रिया