२९ आश्विन २०८३, बिहिबार

रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धिबहादुर नियुक्त

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । सरकारले रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धिबहादुर केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

खुला प्रतिस्पर्धामार्फत गरिएको छनोटबाट सञ्चार मन्त्रालयद्वारा सिफारिस गरिएका तीन जनामध्ये सरकारले केसीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

केसी रेडियो नेपालकै नायव कार्यकारी निर्देशक हुन् । रेडियो नेपालको इतिहासमा कर्मचारीबाटै कार्यकारी निर्देशक नियक्तु भएको यो नै पहिलो पटक हो ।