३ कार्तिक २०८३, मंगलबार

अखेलीको ‘घाइते मनको उपन्यास’ बजारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shiva Akheli (1)
– कलाकार शिव अखेली

– गणेश गिरी
पर्वत, २ चैत । ‘आँशु पिउँछु काँडामा टेक्या छु, घाइते मनको उपन्यास लेख्या छु ।’ कलाकार शिव अखेलीको घाइते मनको उपन्यास बोलको लोक गीत बजारमा आएको छ ।

२ दर्जन बढी गीतहरुको रचना गरिसकेका कलाकार अखेलीले कृष्ण अखेली र सरस्वती लामिछानेको संयुक्त स्वरमा उक्त गीत बजारमा ल्याएका छन् ।

लोक गीतप्रति दर्शक तथा श्रोताहरुको आकर्षण बढदै गएको बेला बागलुङ जिल्लामा जम्मेका अखेलीले गीत मार्फत प्रेममा विछोडिएका प्रेमीहरुको उपन्यास बजारमा ल्याएका हुन् ।

जनता डिजिटल मार्फत बजारमा आएको उक्त गीत धौलागिरी क्षेत्रमा निकै चर्चित बनिरहेकोे गायक कृष्ण अखेलीले दाबी गरे । मार्मिक र मन छुने शब्दहरु समेटिएको गीत निकै मेहनत पछि आफूहरुले बजारमा ल्याएको गायक अखेली बताउँछन ।

श्रोता तथा दर्शकहरुको भावनालाई मध्यनजर गर्दै बजारमा ल्याएको गीतले सोचे भन्दा बढि श्रोताको मन जितिरहेको कलाकार अखेलीले बताए ।