२ कार्तिक २०८३, सोमबार

कोरोना महामारी विश्वले सामना गरेको सबैभन्दा गम्भीर स्वास्थ्य आपतकालः डब्लुएचओ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयाेर्क, १३ साउन । कोरोना भाइरसको महामारी विश्वले सामना गरेको सबैभन्दा गम्भीर स्वास्थ्य आपतकाल रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले बताएका छन् ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोभिड–१९ को स्वास्थ्य आपतकाल अहिलेसम्मकै सबैभन्दा गम्भीर स्वास्थ्य समस्या र गम्भीर विपद रहेको बताएका हुन् ।

डब्लुएचओले यो हप्ता कोरोना भाइरसका कारण घोषित स्वास्थ्य आपतकालको अहिलेसम्मको अवस्था मुल्यांकनका लागि आकश्मिक बैठक बस्दैछ ।

विश्व स्वास्थ्य संगठनले यसअघि इबोला (दुई पटकको महामारी), जिका, पोलिओ र स्वाइन फ्लू का बेला विश्वव्यापी स्वास्थ्य आपतकाल लगाएको छ ।

विश्वभर अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ६३ लाख ९६ हजार भन्दा बढी पुगेको छ । यस्तै कोभिड–१९ बाट अहिलेसम्म विश्वभर ६ लाख ५१ हजार ९ सय भन्दा धेरैको ज्यान गएको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ ।

डा. टेडरोजले भनेका छन्, ‘जब मैले अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वाथ्य आपतकाल ३० जनवरीमा घोषणा गरेको थिएँ… त्यो बेला चीन बाहिर १०० भन्दा कम केस थिए संक्रमणका र कसैको मृत्यु भएको थिएन ।’

उनले ‘कोभिड–१९ ले हाम्रो विश्वलाई परिवर्तन गर्‍यो । यसले मानिसहरु, समुदायहरु र राष्ट्रहरुलाई एक ठाउँमा ल्याएको छ । र यसले सबैलाई विभाजित पनि गराएको छ ।’

पछिल्लो ६ हप्तामा संक्रमितको संख्या लगभग डबल भएको उनले बताए । विश्वले भाइरससँग लड्नका लागि राम्रो प्रयास गरेको भए पनि अझै पनि कोरोना भाइरसलाई जित्नका लागि लामो बाटो तय गर्न बाँकी नै रहेको डा. टेडरोजले बताएका छन् ।