२९ आश्विन २०८३, बिहिबार

धार्चुलाले दार्चुलालाई भन्यो– कालापानी क्षेत्रमा नेपालीलाई प्रवेश नदिनू

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । भारतको धार्चुला जिल्ला प्रशासनले नेपालको दार्चुला जिल्ला प्रशासनलाई कालापानी, लिम्पियाधुरालगायत क्षेत्रमा नेपालीहरुलाई प्रवेश रोक्न आग्रह गरेको छ ।

गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न नेपाललाई पत्र नै काटेको छ ।

भारतको धार्चुला प्रशासनले जिल्ला प्रशासन कार्यालयल दार्चुलालाई पठाएको पत्रमा विभिन्न नेपाली समूहहरु ‘भारतीय क्षेत्र’ गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैधरुपमा लुकिछिपी सीमा पार गर्दा दुवै देशको प्रशासनलाई हैरान बनाउने हुँदा नेपालीलाई प्रवेश गर्न रोक लगाउन आग्रह गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले बताएको छ ।

नेपालले हालै मात्र कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायत भूभाग समेटेर नयाँ नक्सा जारी गर्दै उक्त क्षेत्र नेपालको भएको दाबी प्रस्तुत गरेको छ भने त्यही भू–भागलाई भारतले पनि आफ्नो भनेर कब्जा गरिरहेको छ ।

उक्त क्षेत्रमा पछिल्लो समय नेपालले आफ्नो गतिविधि बढाएसँगै नेपालको भूमिमा कब्जा जमाउँदै आएको भारत डराउन थालेको छ ।
नेपालले उक्त भूमि समेट्दै आफ्नो नक्शा सार्वजनिक गरेपछि नेपालसँग वार्ता गर्न भारतले आलटाल गर्दै आएको छ ।