२९ आश्विन २०८३, बिहिबार

महालक्ष्मी विकास बैंकले ९.९९% ब्याजदरमा आवास र उद्यमशीलकर्जा दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । महालक्ष्मी विकास बैंकले आवास र उद्यमशील कर्जा लिने ग्राहकलाई लक्षित गरी विशेष कर्जा सुविधा योजना ल्याएको छ ।

घर खरीद गर्न अथवा घर निर्माण गर्न तथा उद्यम गर्न इच्छुकहरूलाई लक्षित गरी उद्यमशील कर्जाअन्तर्गत विशेष कर्जा सुविधा योजना ल्याएको बैंकले बताएको छ । बैंकले दुवै कर्जा योजनामा ९ दशमलव ९९ प्रतिशत ब्याजदर कामय गरेको छ ।
यस्तै बैंकले उक्त शीर्षकको कर्जा लिँदा सेवाशुल्कमा पनि विशेष छूट दिने बताएको छ ।

योजना अन्तर्गत ऋणीका लागि निर्माण लागतको शतप्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, दुई वर्षसम्म ब्याज मात्र भुक्तानी गर्न सकिने, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा निःशुल्क दुर्घटना बीमा जस्ता आकर्षक सुविधाहरू पनि प्रदान गर्ने बंैकले जानकारी दिएको छ ।

उद्यमशील कर्जा योजना अन्तर्गत ऋणीका लागि धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय शुरू गर्न अग्रीम कर्जा प्रवाह गर्ने जस्ता सुविधाहरू प्रदान गर्ने बैंकको भनाइ छ ।

घर खरीद गर्न अथवा घर निर्माण गर्न र उद्यम गर्न चाहनेहरूका लागि लाभदायक महालक्ष्मी आवास कर्जा र महालक्ष्मी उद्यमशील कर्जा बैंकका सम्पूर्ण शाखाहरूबाट उपलब्ध हुने छन् । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूमा १०२ वटा शाखाहरूमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी बैंकको ग्राहक संख्या करीब ५ लाख छ ।