२ कार्तिक २०८३, सोमबार

ब्राजिलका राष्ट्रपति बोल्सोनारोकाे कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ब्राजिल, ११ साउन । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको बताएका छन् ।

दुई साता अघि उनी आफैंले आफू कोरोना संक्रमित भएको जानकारी दिएका थिए ।

अहिले फेरि बोल्सोनारो आफैंले आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् । यद्यपि उनको कोरोना परीक्षणका लागि नमूना संकलन कहिले गरिएको थियो र कहिले रिपोर्ट आयो भन्ने जानकारी उनले दिएका छैनन् ।

राष्ट्रपति बोल्सोनारोले आफू कोरोना संक्रमित भएको र त्यसको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्विन औषधि सेवन गरेको भिडियो सामाजिक सन्जालमा सेयर गरेका थिए ।

खासगरी मलेरियाका बिरामीलाई दिइने हाइड्रोक्सिक्लोरोक्विन औषधिले कोरोनाका विरामी निको हुने वैज्ञानिक रुपमा पुष्टि भइसकेको छैन ।