१ कार्तिक २०८३, आइतबार

जापानमा शरणार्थी बन्न नेपालीहरूद्वारा झुटो व्यहोरा पेस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-city-japan-city-in-rainकाठमाडौं, २ चैत । स्वदेशमा बस्न सक्ने स्थिति नरहेको झुटो व्यहोरा पेस गर्दै जापानमा शरणार्थीको हैसियत माग गर्ने नेपालीको संख्या ह्वात्तै बढेको छ।

जापान पुगेर शरणार्थीको हैसियत माग गर्ने विदेशीमध्ये नेपालीको संख्या एक चौथाइ छ।

जापानको न्याय मन्त्रालयले मंगलबार जारी गरेको सन् २०१४ को प्रतिवेदनमा जापानमा सबैभन्दा बढी शरणार्थीको हैसियत माग गर्ने नेपाली रहेको उल्लेख छ।

प्रतिवेदनअनुसार सन् २०१४ मा १ हजार २ सय ९३ जना नेपालीले जापानमा शरणार्थीको हैसियत माग गर्दै निदेवन दिएका थिए, जबकि सन् २०१३ मा यो संख्या मात्र ५ सय ४४ रहेको थियो।

सन् २०१४ मा विश्वभरिका ५ हजारले जापानमा शरणार्थीका लागि आवेदन दिएको नागरिक दैनिकले छापेको छ ।

आवेदकमध्ये ११ जनालाई मात्र जापानले शरणार्थीको मान्यता दिएको छ, जसमा दक्षिण एसियाबाट एक जना पनि परेका छैनन्।जापानमा शरणार्थीको हैसियत माग गर्ने अधिकांश नेपाली ‘स्टुडेन्ट भिसा’ (विद्यार्थी भई) मा गएकाहरू छन्।

जापान पुगेको केही समयपछि प्रशिक्षार्थी तथा विद्यार्थीले शरणार्थीका लागि आवेदन दिने गरेका छन्। आवेदन दिने ५ हजारमध्ये २ हजार ५ सय ३३ जना शरणार्थीको हैसियत पाउन पुनः निवेदन दिने थिए।

प्रतिवेदनमा नेपालीको संख्या दोब्बरले बढ्नुलाई आश्चर्यका रूपमा लिइएको छ। देशमा कुनै द्वन्द्व नहुँदा पनि विभिन्न बहानामा जापान प्रवेश गरी शरणार्थीको दर्जा माग्ने नेपालीको संख्या ह्वात्तै बढेको भन्दै चिन्तासमेत गरिएको छ।