धनगढी, ६ साउन । सुदूरपश्चिमका तीन मन्त्रालय र प्रदेशसभा भवन अगाडि शंकास्पद वस्तु फेला परेका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र प्रदेशसभा भवन नजिक बम जस्तै देखिने शंकास्पद वस्तु फेला परेको कैलालीका प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिए ।
उनले कैलालीको लम्कीका पनि शंकास्पद वस्तु फेला परेको बताए । आफ्ना नेता पक्राउ गरेको विरोधमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार सुदूरपश्चिम बन्दको घोषणा गरेको छ ।















प्रतिक्रिया