२ कार्तिक २०८३, सोमबार

डब्ल्यूएचओद्वारा कोरोनाविरुद्धको भ्याक्सिनको स्वागत

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ६ साउन । बेलायतले कोरोना भाइरसविरुद्धको भ्याक्सिनबाट सकारात्मक परिणाम प्राप्त गरेकाे भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) स्वागत गरेको छ ।

भ्याक्सिन बनाउने अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूलाई डब्ल्यूएचओले बधाइसमेत दिएको छ । फैलिँदो संक्रमणबाट लड्नका लागि अझै धेरै काम गर्न बाँकी रहेको डब्ल्यूएचओले जनाएको छ ।

जेनेभामा प्रेस कन्फ्रेन्समा बोल्दै डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका निर्देशक डा. माइक रेयानले अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाइ दिँदै भने, ‘यो सकारात्मक परिणाम हो । तर अझै लामो यात्रा तय गर्न बाँकी छ ।’ उनले ठूलो संख्यामा परीक्षण गर्नुपर्ने पनि बताएका छन् ।

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले निर्माण गरेको खोपलाई आशलाग्दो खोपको रुपमा हेरिएको छ । यसको अन्य सुरक्षात्मक उपाय र ठूलो समूहमा गरिने परीक्षण भने चलिरहेको छ ।

कोरोनाविरुद्ध हाल विश्वभर २३ भ्याक्सिन बनाउने काम जारी छ । डा. रेयानले कोरोनाको उपचार खोज्ने दिशामा धेरै भ्याक्सिनमाथि काम भइरहनु राम्रो भएकाे बताएका छन् ।

डब्ल्यूएचओका प्रमुख डा. टेड्रोसले कुनै पनि सफल भ्याक्सिन सबै देशका नागरिकले पाउनुपर्ने बताए ।