३ कार्तिक २०८३, मंगलबार

वार्ताको नाममा दिन काट्ने काम भइरहेको छ : एमाले सचिव ज्ञवाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pradeep-gyawali

बागलुङ, १ चैत । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले वार्ताको नाममा दिन काटेर संविधान निर्माणलाई पछि धकेल्ने काम भइरहेको बताउनुभएको छ ।

नेकपा एमाले बागलुङले आज यहाँ आयोजना गरेको सभामा बोल्दै ज्ञवालीले संविधान निर्माणको गतिरोध छिटो अन्त्य हुनुपर्ने धारणा राख्नुभयो ।

“माघ ८ मा संविधान ल्याउन सकेनौँ, जेठ १५ सम्म ल्याउन सकिन्छ कि भन्ने छ, तर अहिले पनि दलहरु अलमलमै छन्”–ज्ञवालीले भन्नुभयो ।

उहाँले सहमतिको नाममा मुलुकलाई अनिर्णयको बन्दी बनाउन नहुने बताउनुभयो । एमाले सहमतिको पक्षमा रहेको उल्लेख गर्दै सचिव ज्ञवालीले सहमति नजुटे बहुमतको सहमतिबाट संविधान जारी गरिने प्रष्ट्याउनुभयो ।

सङ्घीयताका विषयमा दलहरुबीच विवाद रहेको उल्लेख गर्दै ज्ञवालीले जातीय आधारमा हुने सङ्घीयता मान्य नहुने विचार राख्नुभयो ।

उहाँले मुलुकलाई विखण्डन पार्ने सङ्घीयता आवश्यक नरहेको भन्दै राष्ट्रिय एकतासहितको सङ्घीयतामा जानुपर्ने धारणा राख्नुभयो । रासस