२ कार्तिक २०८३, सोमबार

स्पेनिस ला लिगामा रियल मड्रिडलाई नमिठाे झट्का

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ५ साउन । स्पेनिस ला लिगा फुटबलको नयाँ च्याम्पियन रियल मड्रिड यो सिजनको लिगको अन्तिम खेलमा बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको लिगको अन्तिम खेलमा रियल मड्रिड लेगानेससँग २–२ को बराबरीमा रोकिएको हो।

अवे मैदानमा भएको खेलमा पहिलो र दोस्रो हाफमा अग्रता लिएर पनि रियल मड्रिडले त्यसलाई जोगाउन सकेन । नवौँ मिनेटमा सर्जियो रामोसको गोलबाट रियल मड्रिडले अग्रता लिएको थियो ।

लेगानेसका लागि गिलले पहिलो हाफको इन्जुरी समयका बराबरी गोल फर्काए । एसेन्सिओले ५२ औँ मिनेटमा गोल गरेर पुनः रियल मड्रिडलाई अग्रता दिलाए । तर ७८ औँ मिनेटमा एसालीले गोल गरेर लेगानेसलाई बराबरीमा ल्याए ।

बराबरी गरे पनि लेगानेस रेलिगेशनबाट जोगिन सकेन । यो खेलमा जित निकालेको भए लेगानेस रेलिगेशनबाट जोगिने थियो ।

ला लिगाको यो सिजन सकिँदा लेगानेससँगै मालोर्का र स्पानियोल पनि रेलिगेशनका परेका छन् । उपाधि विजेता रियल मड्रिडले यो सिजन लिगमा ८७ अंक बनायो । दोस्रो स्थानमा रहेको बार्सिलोना पाँच अंकले पछि रह्यो ।